काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआई)द्धारा आयोजित “हुम्यान क्यापिटल कन्फेरेन्स” सम्पन्न भएको छ । उक्त सम्मेलनको उद्घाटन एनबिआईको सञ्चालक समितिका सदस्य उपेन्द्र पौडेलले र आईडीएफसी बैंककी सिनियर एक्जिक्यूटिभ भाइस प्रिसिडेन्ट एचआर हार्लिना सोधीले संयुक्त रुपमा गरेका थिए ।

एनबीआईको प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले मानव संसाधनमानव स्रोतलाई महत्वपूर्ण संसाधनको रुपमा रुपान्तरित गरी उत्पादत्वमा वृद्धि गर्न आजका आवश्यक्ता रहेको र यसलाई माथि तहका कर्मचारीदेखि सञ्चालक समितीका पदधिकारी समेतको ध्यानआकर्षण हुन जोड दिएका छन् । साथै, कार्यक्रममा नेपाल बैंकिङ एसोसिएसनका उपाध्यक्ष अनुकुल भटनागरले अबको वित्तिय पहुच ग्रामीण क्षेत्रमा हुने हुँदा मानव संसाधनलाई ग्रामिण उन्मुख हुन सल्लाह दिएका छन् ।
आईडीएफसी बैंक कि सिनियर एक्स्कियूटीभ भाइस प्रिसिडेन्ट एचआर हार्लिना सोधी आफ्नो प्रस्तुतिमा सिकाई र क्षमता वृद्धिमा प्रविधिमा जोड दिन अनुरोध गरेकी छन् । साथै, पार्टनर एण्ड हेड केपीएमजी एकेडेमीका निश्चय सुरीले मानव संसाधनबिकासका लागि लनिङ एण्ड डेभलपमेन्टमा जोड दिन सल्लाह दिएका छन् । त्यस्तै, हेड अफ ट्रेनिङ एण्ड डेभलपमेन्ट साउथ एसिया, जोनसोन एण्ड जोनसोन भिजन केएर, इन्कका सदनले प्रतिभासालि कर्मचारीहरुलाई संस्थासँग आवद्ध गर्न प्रविधिमा जोड हुनु पर्ने बताएका छन् ।
कार्यक्रममा आयोजित प्यानल डिस्कसनमा नेपाल एसबिआई बैंकका प्रमुखकार्यकारी अधिकृत अनुकुल भटनागर, हार्लिना सोधी र मेगा बंैकका कामु प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले अहिलेको बदलिदो परिस्थितिमा मानव संसाधन व्यवस्थापनको चुनौति र अवसर बारे प्रकाश पारेका छन् ।
साथै, एक दिने यस सम्मेलनमा १५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको कर्मचारीहरु सहभागी भएका आयोजकले जानकारी दिएका छन् ।