काठमाडौं । १४ फेब्रवरीलाई लक्षित गर्दै सपिङ पोर्टल स्मार्टडोकोले डोकोभरी माया अभियान घोषणा गरेको छ । भ्यालेन्टाइन डे लाई लक्षित गर्दे स्मार्टडोकोले तीन जना भाग्यशाली विजेताहरुलाई विविध पुरस्कार दिने घोषणा गरेको हो ।
यस उपहारको लागि स्मार्टडोकोबाट १ हजार बराबरको आफ्नो प्रेम गर्ने व्यक्तिको लागि सामान खरिद गर्नु पर्नेछ । खरिद गरेको सामानको फोटो खिची ग्राहकले ह्यासट्रयाक डोकोभरीमाया लेखी फेसबुक वा इस्टाग्राममा अपलोड गर्नु पर्नेछ ।
लक्की ड्र बाट विजयी हुने ३ जोडीलाई विभिन्न होटलमा रात्रीभोज साथै सपिङ्गमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यो अभियान १३ फेब्रवरीसम्म लागू हुने डोकोले जनाएको छ ।