बनेपामा सिद्धार्थ इन्स्योरेन्सको शाखा सञ्चालन

<p>काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लि.ले काभ्रेपलान्चोक जिल्लाको बनेपामा आफ्नो ५४औँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा नायव महाप्रबन्धक मुरारी रेग्मी एवम् योगेशकृष्ण श्रेष्ठले उक्त शाखाको संयुक्त उद्घाटन गरेका हुन् । कार्यक्रममा स्थानिय स्तरका बैंक तथा वित्तिय संस्थाहरु प्रमुख एवम् व्यवसायिकहरुको उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख कार्यकारी [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लि.ले काभ्रेपलान्चोक जिल्लाको बनेपामा आफ्नो ५४औँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा नायव महाप्रबन्धक मुरारी रेग्मी एवम् योगेशकृष्ण श्रेष्ठले उक्त शाखाको संयुक्त उद्घाटन गरेका हुन् ।

कार्यक्रममा स्थानिय स्तरका बैंक तथा वित्तिय संस्थाहरु प्रमुख एवम् व्यवसायिकहरुको उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले अहिले सम्म ५३ वटा शाखा सञ्जालद्धारा स्तरीय बीमा सेवा प्रदान गर्दै आएको बताएका छन् । साथै, भविष्यमा अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताए ।

Share News