‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ नारा सहित आईएमई पेको ‘बी टु बी’ सेवा शुरु

<p>काठमाडौं । नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक(पीएसपी) का रूपमा लाइसेन्स प्राप्त कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडद्धारा निर्मित तथा सञ्चालित मोबाइल वित्तीय सेवामा आधारित आईएमई पे ले आफ्नो &#8216;बी टु बी&#8217; सेवा सुरुवात गरेको छ । आईएमई पे ले सम्भावित व्यवसायहरूलाई आईएमई पे का टच पोइन्टहरूको सञ्जालमा जोडिनका लागि &#8216;आईएमई पे गरौँ, व्यवसाय बढाऔँ&#8217; भन्ने नारा [&hellip;]</p>

काठमाडौं । नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक(पीएसपी) का रूपमा लाइसेन्स प्राप्त कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडद्धारा निर्मित तथा सञ्चालित मोबाइल वित्तीय सेवामा आधारित आईएमई पे ले आफ्नो ‘बी टु बी’ सेवा सुरुवात गरेको छ । आईएमई पे ले सम्भावित व्यवसायहरूलाई आईएमई पे का टच पोइन्टहरूको सञ्जालमा जोडिनका लागि ‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ भन्ने नारा सहित आफ्नो बी टु बी सेवालाई सेवा सञ्चालन गर्ने घोषणा गरेको हाे ।

‘बी टु बी’ सेवाको सुरुवातसँगै, आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्ने कार्यदेखि लिएर बिजुली, इन्टरनेट, डिटिएच इत्यादिको बिल भुक्तानी गर्ने अनि समय र पैसाको बचत गर्दै सेवाग्राहीहरूको दैनिक जीवनलाई सहज तुल्याउन मदत गर्ने तथा रिचार्ज गर्ने लगायतका सुविधाहरू समेत थुप्रै भुक्तानी सम्बन्धी सेवाहरू उपलब्ध गराउन सक्नेछन् । आईएमई पे का टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इनर क्यास आउट जस्ता मोबाइल मनी सम्बन्धी सेवाहरू पनि आफ्ना सेवाग्राहीहरूलाई उपलब्ध गराउन सक्नेछन् । आईएमई पे को टच पोइन्टले कम्प्युटरको प्रयोग गरेर आईएमई पे वेब पोर्टल मार्फत् अथवा स्मार्ट फोनको प्रयोग गरेर मोबाइल एप मार्फत् पनि यस्ता सेवाहरू प्रदान गर्न सक्दछन् । जी टु पी, पी टु जी र पी टु पी सम्बन्धी भुक्तानीहरूका साथै ग्रामीण/सेवामा न्यून पहुँचयुक्त स्थानमा रहेका सेवाग्राहीहरूलाई सामाजिक सुरक्षा सम्बन्धी रकमको वितरण प्रभावकारी रूपमा सिधै भुक्तानी गर्न समेत आईएमईपे सक्षम छ ।

आईएमई पे को देशभरि नै १३५०० भन्दा बढी टच पोइन्ट सहितको मजबुत सञ्जाल रहेको छ र त्यसमा ७००० भन्दा बढी रेमिटेन्स एजेन्टहरू रहेका छन् । आईएमई पे ले आफ्नो रेमिटेन्स एजेन्टहरूको सञ्जालको दायरा भन्दा बाहिर गैर वित्तीय क्षेत्रको सञ्जालमा समेत आफ्नो क्षेत्रलाई विस्तार गर्ने योजना बनाएको छ । अतः त्यसका लागि मझौला र साना खालका किराना पसलहरूदेखि लिएर पुस्तैनी व्यवसायहरू, क्याफेहरू, मेडिकल स्टोरहरूका साथै यस्ता खुद्रा टच पोइन्टहरू सञ्चालन गर्न सक्ने देशभरिका सम्भावित वितरकहरू समेत यस सञ्जालमा जोडिन सक्दछन् र आफ्नो व्यवसाय विस्तारमा एउटा आयाम थप्न सक्दछन् ।

युकेएड सक्षम वित्तीय सेवामा पहुँच नामक कार्यक्रमको प्राविधिक तथा वित्तीय सहयोगमा मोबाइल मनी सेवा आईएमई पेको निर्माण तथा सञ्चालन गरेको आईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकबाट २०७४ साल असारमा भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरिएको थियो । नेपाल राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ अन्तर्गत दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्नका लागि आईएमई डिजिटलले देशकै पहिलो भुक्तानी सेवा प्रदायकका रूपमा अनुमतिपत्र प्राप्त गरेको थियो ।

Share News