राष्ट्र बैंकले बिहीबार ५ अर्ब बजारमा पठाउदै

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कम भएपछि बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले विकास ऋणपत्र सोझै खरिद बोलकबोलबाट बैंकिङ प्रणालीमा पैसा पठाउन लागेको हो । अहिले बजारमा १९ अर्ब ९० करोड रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । यस्तै अन्तरबैंक ब्याजदर पनि बढेर ४.९७ प्रतिशत [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कम भएपछि बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

केन्द्रीय बैंकले विकास ऋणपत्र सोझै खरिद बोलकबोलबाट बैंकिङ प्रणालीमा पैसा पठाउन लागेको हो ।

अहिले बजारमा १९ अर्ब ९० करोड रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै अन्तरबैंक ब्याजदर पनि बढेर ४.९७ प्रतिशत पुगेको छ । ५ प्रतिशत नाघेपछि यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउछ । बजारमा तरलताको व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले विभिन्न वित्तीय औजारको प्रयोग गरेर पैसा पठाउने गरेको छ ।

Share News