बिग मार्टको विन्टर कार्निभल, ३७ जना ग्राहकलाई पुरस्कृत गर्ने

<p>काठमाडौं । बिग मार्टले विन्टर कार्निभल बिजेताको छनौट गरेको छ । मार्टले ०७४ मंसिर २१ गते देखि माघ २४ गतेसम्म सञ्चालन गरेको विन्टर कार्निभलमा लक्कि ड्र मार्फत ३७ जना ग्राहकलाई विजयी घोषणा गरेको हो । मेगा मार्ट प्रालीद्धारा सञ्चालित बिग मार्टले विजेताहरुको छनौट कर्मचारी र पत्रकारहरुको रहोबरमा गरेको हो । विन्टर कार्निभलमा सुमेस पान्डेले प्रथम [&hellip;]</p>

काठमाडौं । बिग मार्टले विन्टर कार्निभल बिजेताको छनौट गरेको छ । मार्टले ०७४ मंसिर २१ गते देखि माघ २४ गतेसम्म सञ्चालन गरेको विन्टर कार्निभलमा लक्कि ड्र मार्फत ३७ जना ग्राहकलाई विजयी घोषणा गरेको हो ।

मेगा मार्ट प्रालीद्धारा सञ्चालित बिग मार्टले विजेताहरुको छनौट कर्मचारी र पत्रकारहरुको रहोबरमा गरेको हो । विन्टर कार्निभलमा सुमेस पान्डेले प्रथम पुरस्कार स्कुटी जितेका छन् भने ९ जनाले दोस्रो पुरस्कार वासिङ मेसिन जितेका छन् ।

त्यसैगरी बाँकी २७ जनाले सान्त्वोना पुरस्कार जितेका छन् । पुरस्कार लिन सम्पुर्ण विजयी ग्राहकहलाई बिग मार्टको कार्यलयमा सम्पर्क गर्न मार्टले अनुरोध गरेको छ ।

Share News