सोनीको नयाँ शोरुम दरवारमार्गको शेर्पामलमा

<p>काठमाडौं । सोनीको नयाँ शोरुम काठमाडौंको दरवारमार्ग स्थित शेर्पामलमा सञ्चालनमा आएको छ । सोनीको नेपालस्थित आधिकारीक बिक्रेता नेपाहिमा टे«ड लिंकले बिहिबारबाट उक्त शोरुम सञ्चालनमा ल्याएको हो । बिहीबार एक कार्यक्रमबीच सोनीको विजनेस हेड जेरिमाई हेङ्ग, चर्चित निर्देशक निश्चल वस्नेत र नेपाहिमा ट्रेड लिंकका कार्यकारी निर्देशक राजेश तुलाधरले उक्त शोरुमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । [&hellip;]</p>

काठमाडौं । सोनीको नयाँ शोरुम काठमाडौंको दरवारमार्ग स्थित शेर्पामलमा सञ्चालनमा आएको छ । सोनीको नेपालस्थित आधिकारीक बिक्रेता नेपाहिमा टे«ड लिंकले बिहिबारबाट उक्त शोरुम सञ्चालनमा ल्याएको हो ।

बिहीबार एक कार्यक्रमबीच सोनीको विजनेस हेड जेरिमाई हेङ्ग, चर्चित निर्देशक निश्चल वस्नेत र नेपाहिमा ट्रेड लिंकका कार्यकारी निर्देशक राजेश तुलाधरले उक्त शोरुमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त शोरुममा सोनीको नेपालमा उपलब्ध सबै रेञ्जका उत्पादनहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । सोनीको व्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्ट फोन, अल्फा र साइवर सट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडिआर सिरिजमा हेडफोनहरु नेपाली बजारमा उपलब्ध छन् ।

यसअघि सोनीे शोरुम कान्तिपथ, जाउलाखेल र लबिममल गोंगोवुमा सञ्चालनमा आइसकेको छ ।

Share News