
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अष्टलक्ष्मी शाक्यलाई प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा सघाउने बचन दिएका छन् ।
अध्यक्ष ओली र मुख्यमन्त्रीको दावेदार शाक्यबीच बिहीबार गोप्य भेट भएको थियो । सो भेटमा अघि बढ्न ओलीले शाक्यलाइ संकेत गरेको स्रोतले जनायो ।
शुक्रबार हुने मुख्यमन्त्रीको निर्वाचनमा अष्टलक्ष्मी र एमालेका अर्का नेता राजेन्द्र पाण्डेले पनि दावी गरेका छन् ।
दुबैले मुख्यमन्त्रीको दावी गरिरहेका बेला अध्यक्ष ओलीले सुटुक्क अष्टलक्ष्मीलाई भेटेका हुन् ।