अब ट्रेडमार्क पनि अनलाइन प्रणालीबाटै, ७० हजार ट्रेडमार्क डिजिटाइजेशन गरिने

<p>काठमाडौं । उद्योग विभागले ट्रेडमार्कलाई अनलाइन प्रणालीमा लाने तयारी गरिरहेको छ । त्यसको सुरुवात स्वरुप चालु आर्थिक वर्षभित्र ७० हजार दर्ता हुने ट्रेडमार्कलाई विभागले डिजिटाइजेशन गर्ने भएको छ । ट्रेडमार्क दार्ता पक्रिया सहज बनाउनदै आवश्यक रेकर्ड समयमै तुरुन्त प्राप्त गर्ने उद्देश्यले विभागले ट्रेडमार्कलाई अनलाईन प्रणालीमा लाने तयारी गरेको हो । विभागका वौद्धिक सम्पत्ति शाखाका निर्देशक [&hellip;]</p>

काठमाडौं । उद्योग विभागले ट्रेडमार्कलाई अनलाइन प्रणालीमा लाने तयारी गरिरहेको छ । त्यसको सुरुवात स्वरुप चालु आर्थिक वर्षभित्र ७० हजार दर्ता हुने ट्रेडमार्कलाई विभागले डिजिटाइजेशन गर्ने भएको छ । ट्रेडमार्क दार्ता पक्रिया सहज बनाउनदै आवश्यक रेकर्ड समयमै तुरुन्त प्राप्त गर्ने उद्देश्यले विभागले ट्रेडमार्कलाई अनलाईन प्रणालीमा लाने तयारी गरेको हो ।

विभागका वौद्धिक सम्पत्ति शाखाका निर्देशक दण्डपाणी भुसालले ट्रेडमार्कलाई अनलाइन प्रणालीमा लाने तयारी भइरहेको बताए । ‘जसअनुरुप चालु आर्थिक वर्षभित्र विभागमा दर्ता हुन आउने विभिन्न कम्पनीका ७० हजारभन्दा बढी ट्रेडमार्कलाई कम्प्युटरमा डिजिटाइजेशन गर्नेछौं,’ उनले भने ‘त्यसका आवश्यक प्रक्रियाहरु अगाडी बढिसकेको छ ।’ उनका अनुसार ट्रेडमार्कलाई डिजिटाइजेशन गरेपछि कम्पनीहरुको ट्रेडमार्कको सफ्ट फाइल कम्प्युटरमा राखिनेछ ।

हालसम्म ट्रेडमार्कको फाइल कागजमा मात्र राखिने गरेको छ । केही ट्रेडमार्कका सनातिना बिवरण मात्र कम्प्युटरमा राखिएको छ । ट्रेडमार्कलाई डिजिटाइजेशन गरेपछि उद्योग दर्ता, राजस्वको प्रमाण–पत्र, कर दर्ता, ट्रेडमार्कका नमुना लगात अवश्यक ट्रेडमार्क सम्बन्धि सम्पूर्ण कागजातलाई कम्प्युटरमा फाइल बनाएर सुरक्षित राखिने उनको भनाइ छ । जसबाट आवश्यक कागजात समयमै सहजै उपलब्ध हुन सकोस् ।

उनले ट्रेडमार्क डिजिटाइजेशनसन भएपश्चात कम्पनीको फाइल चोरी हुने, कागजातको क्षति तथा दुरुपयोग हुने लागयतका विविध जोखिमबाट जोगिने बताए । साथै उक्त डिजिटाइजेशन प्रणाली समयको माग समेत रहेको उनको बुझाइ छ । विभागका लेखा अधिकृत अवधेश शाहले ट्रेडमार्कलाई डिजिटाइजेशनमा लैजान हाल तीन ओटा कम्पनी छनौटमा परेको बताए । उनका अनुसार रेडियन्ट इन्फोटेक, वाईसीओ प्रालि, योङ माइन्डस क्रीएसन रहेको छ । ‘ती कम्पनीहरुको प्राविधिक र आर्थिक प्रस्ताव मूल्याङकन गरिरहेका छौं,’ उनले भने ‘मूल्याङ्कन आउने हप्ताभित्र गरिसक्ने भइसक्नेछ ।’ ट्रेडमार्कको डिजिटाइजेशनले लेखा प्रणाली व्यवस्थित हुने उनको भनाइ छ ।

उनको अनुसार ट्रेडमार्क डिजिटाइजेशनको लागि गएको कातिकमै विभागले आशय–पत्र (इओआई) खुलाको थियो । जसबाट ७ ओटा आईटी कम्पनीहरुले निवेदन बुझाएका थिए । जसबाट प्राविधिक क्षमताको आधारमा तीन ओटा कम्पनीलाई छनौट गरिएको थियो । ती कम्पनीहरुलाई आर्थिक र प्राविधिक प्रस्ताव माग गरिएको छ । लेखा अधिकृत शाहले उक्त कार्यक्रमको लागि सरकारले ४४ लाख रुपैयाँ बजे विनियोजन गरेको बताए ।

निर्देशक भुसालका अनुसार हाल विभागमा ४५ हजारको हाराहारीमा विभिन्न स्वदेशी तथा विदेशी कम्पनीका ट्रेडमार्क दर्ता भएका छन् । चालु अर्थिक वर्षको अन्तसम्ममा उक्त संख्या बढेर ७० हजार पुग्ने छ । उक्त सबै दर्ता भएको ट्रेडमार्कलाई जिजिटाइजेशन गरिनेछ । ‘ट्रेडमाकासँगै वौद्धिक सम्पत्ति अन्तर्गतका विधाहरु पेटेन्ट र डिजाइनलाई समेत डिजिटाइजेशन गर्ने योजना छ,’ उनले भने । उनका अनुसार अहिले करिब ७५ संख्यामा पेटेन्ट र डेढ सयको हाराहारिमा डिजाइन विभागमा दर्ता छ ।

Share News