सूचिकृत कम्पनीमा कार्यकारी अध्यक्ष बन्न नपाउने, हाइड्रो पावर र माइक्रोफाइनान्सबाट धेरैले हात धुनुपर्ने

<p>काठमाडौं । अब सूचिकृत कम्पनीहरुमा एउटै व्यक्ति अध्यक्ष र कार्यकारी प्रमुख बन्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले संस्थागत सुशासन सम्बन्धी निर्देशिका मार्फत सूचिकृत संस्थामा एउटै व्यक्ति अध्यक्ष र कार्यकारी प्रमुख बन्न नपाउने व्यवस्था गरेको हो । यो व्यवस्था आगामी साउन १ गतेदेखि कुनै पनि सूचिकृत कम्पनीमा कार्यकारी अध्यक्ष बन्न नपाउने व्यवस्था लागु गर्न [&hellip;]</p>

काठमाडौं । अब सूचिकृत कम्पनीहरुमा एउटै व्यक्ति अध्यक्ष र कार्यकारी प्रमुख बन्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले संस्थागत सुशासन सम्बन्धी निर्देशिका मार्फत सूचिकृत संस्थामा एउटै व्यक्ति अध्यक्ष र कार्यकारी प्रमुख बन्न नपाउने व्यवस्था गरेको हो ।

यो व्यवस्था आगामी साउन १ गतेदेखि कुनै पनि सूचिकृत कम्पनीमा कार्यकारी अध्यक्ष बन्न नपाउने व्यवस्था लागु गर्न लागेको हो । हाल कार्यकारी अध्यक्षले सञ्चालन गरिरहेका कम्पनीहरुले असार मसान्तसम्ममा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत फरक फरक व्यक्ति बनाईसक्नुपर्नेछ ।

हाल अधिकांश हाइड्रो पावर कम्पनी र माईक्रोफाइनान्स कम्पनीहरुमा एउटै व्यक्ति अध्यक्ष र प्रमुख कार्यकारीको जिम्मेवारीमा छन् । साउन १ गतेदेखि भने त्यस्ता कम्पनीहरुले अनिवार्यरुपमा अध्यक्ष र कार्यकारी प्रमुख अलग अगल व्यक्तिलाई तोक्नुपर्नेछ । धितोपत्र बोर्डले एकाघर भित्रका सदस्यहरु एक भन्दा बढिलाई एउटै कम्पनीमा एक जना भन्दा बढि सञ्चालक बनेमा बार्षिक प्रतिवेदनमा उल्लेख गर्नुपर्ने व्यवस्था पनि गरेको छ ।

त्यस्तै कुनै पनि सूचिकृत कम्पनीमा सञ्चालकको नियुक्त साधारण सभाले मात्रै गर्न पाउने व्यवस्था समेत निर्देशिकामा गरिएको छ । अब सञ्चालकहरुको भत्ता तथा अन्य सुविधा समेत साधारण सभाले पारित गरेपछि मात्रै लागु हुनेछ ।

बिशेष गरि गुरु न्यौपानेको परिवार जोडिएक हाइड्रो पावर कम्पनीमा कार्यकारी अध्यक्षको अभ्यास रहेको छ । त्यस्तै अधिकांश माइक्रोफाइनान्स कम्पनीमा समेत त्यस्तै व्यवस्था रहेको छ । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन(बाफिया)ले नै माइक्रोफाइनान्स कम्पनीहरुमा कार्यकारी अध्यक्षको व्यवस्था रहन सक्ने सुबिधा दिएको थियो ।

 

Share News