कैलाश विकास बैंक रुपन्देहीको भैरहवामा, थप तीन शाखा संचालन गर्ने तयारी

<p>काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको भैरहवामा आफ्नो ४३ औँ शाखा स्थापना गरी माघ २६ गते(आज)देखि कारोबारको शुरु गरेको छ । उक्त शाखाको शुभारम्भ संस्थाका संचालक समितिका अध्यक्ष्य नारायणप्रसाद पौडेलले एक समारोहका बिच गरेका छन् । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४३ पुगेका छन् भने एटीएम संख्या २२ पुगेका छन् । [&hellip;]</p>

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको भैरहवामा आफ्नो ४३ औँ शाखा स्थापना गरी माघ २६ गते(आज)देखि कारोबारको शुरु गरेको छ । उक्त शाखाको शुभारम्भ संस्थाका संचालक समितिका अध्यक्ष्य नारायणप्रसाद पौडेलले एक समारोहका बिच गरेका छन् ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४३ पुगेका छन् भने एटीएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक, मोरङ्ग जिल्लाको विराटनगर तथा पर्सा जिल्लाको विरगंजमा गरी थप तीन शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यस संस्थाले हालसम्म १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

Share News