मोटरबाटो बिनानै गाडी खरिदको बोलपत्र, स्थानीय बासिन्दा आक्रोशित

<p>हुम्ला । सिमीकोट गाउँपालिकाले यही माघ २४ गते गाडी खरिदका लागि बोलपत्र आह्वान गरेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । गाउँपालिकाले गाडी खरिदका लागि ४३ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको पाइएको छ । बिना पूर्वाधार गाउँपालिकाले गाडी खरिदको बोलपत्र आह्वान गरेको हो । राष्ट्रिय सडक सञ्जालले समेत नजोडिएको एकमात्र जिल्ला हुम्ला हो । छिमेकी राष्ट्र [&hellip;]</p>

हुम्ला । सिमीकोट गाउँपालिकाले यही माघ २४ गते गाडी खरिदका लागि बोलपत्र आह्वान गरेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । गाउँपालिकाले गाडी खरिदका लागि ४३ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको पाइएको छ । बिना पूर्वाधार गाउँपालिकाले गाडी खरिदको बोलपत्र आह्वान गरेको हो ।

राष्ट्रिय सडक सञ्जालले समेत नजोडिएको एकमात्र जिल्ला हुम्ला हो । छिमेकी राष्ट्र चीनसँगको नाकाको हिल्सा-सीमकोट सडकखण्डले समेत जोड्न बाँकी रहेको छ । स्थानीय सरकारको गठनपश्चात् पनि स्थानीय सरकारले विकास बजेटलाई जनप्रतिनिधि तथा कर्मचारीलाई भ्रमण तथा दैनिक भत्तामा खर्च गरी चरम दुरुपयोग गरिरहेको पाइन्छ ।

यस गाउँपालिकाले पनि स्थानीय पदाधिकारी र कर्मचारीलाई ज्याकेट खरिद गरी वितरण गरेको पाइएको छ । स्थानीय बजारमा रु दुई हजार ५०० मा पाइने ज्याकेटलाई रु पाँच हजारमा खरिद गरी ४६ जना प्रतिनिधि र ३० जना कर्मचारी गरी जम्मा ७६ जनालाई वितरण गरेको छ । ज्याकेट खरिदमा रु तीन लाख ८० हजार गाउँपालिकाको खर्च भएको जनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीका अनुसार अत्यन्त चिसोका कारण गाउँ कार्यपालिकाले निर्णय गरेर नै ज्याकेट खरिद गरी वितरण गरिएको जानकारी दिए। रासस

Share News