काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु बझाङको चैनपुर र धादिङ्गको धादिङ्गवेशीमा विस्तार भएको छ । शुक्रबार जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्रबहादुर खड्काले बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले धादिङ्गवेशी शाखाको उद्घाटन गरेका हुन् ।
उक्त नयाँ विस्तारित शाखा सहित यस बैंकले १७० शाखा कार्यालयहरु, १६८ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
साथै, बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।