लहानमा यामाहाले खोल्यो थ्रिएस शोरुम, एक्सचेन्जसहित फाइनान्सको पनि सुविधा दिइने

<p>काठमाडौं। नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिराहा जिल्लाको लहानमा विश्वस्तरीय सुबिधासम्पन्न संरचनाबाट सेवा सुरु गरेको छ । कम्पनीले आफ्नो डिलर एसएस अटो सेन्टरलाई यामाहाको नयाँ गाइडलाइनअनुसार स्तरोन्नति गरेर ग्राहकलाई ‘थ्रिएस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई ध्यानमा राख्दै उक्त क्षेत्रमा मोटरसाइकलको डिलरसिपको [&hellip;]</p>

काठमाडौं। नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिराहा जिल्लाको लहानमा विश्वस्तरीय सुबिधासम्पन्न संरचनाबाट सेवा सुरु गरेको छ । कम्पनीले आफ्नो डिलर एसएस अटो सेन्टरलाई यामाहाको नयाँ गाइडलाइनअनुसार स्तरोन्नति गरेर ग्राहकलाई ‘थ्रिएस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई ध्यानमा राख्दै उक्त क्षेत्रमा मोटरसाइकलको डिलरसिपको स्तरोन्नति गरेको कम्पनीले बताएको छ ।

नयाँ शोरुमको उद्घाटन मिस नेपाल २०१७ का निकिता चन्दले गरेकी बताइएको छ । एसएस अटो सेन्टरबाट ग्राहकले विश्वस्तरीय प्रविधि जडित यामाहाका लोकप्रिय मोटरसाइकल तथा स्कुटरहरुको ‘थ्रिएस’सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा दिने जनाइएको छ ।

‘यामाहा मोटरसाइकलको माग निरन्तर बढिरहेको छ,’ एसएस अटो सेन्टरका प्रबन्धक निर्देशक सञ्जिव शाहले भने ‘शोरुमबाट हाईटेक वर्कसप, तालिमद्वरा मोटरसाइकलको गुणस्तरीय सर्भिसीङ दिनेछौं ।’  बजारमा हाल यामाहाको विभिन्न किसिमको मोटरसाइक तथा स्कुटरहरु छन् । मोटरसाइकलमा एफजेड-एस एफआई, आर १५, एसजीआरआर र स्कुटरमा फेसिनो, रेजेडआर, रेजी लगायत बजारमा उपलब्ध छन् ।

Share News