आगामी मंसिरमा दोश्रो दाता सम्मेलन, ४१० अर्बमध्ये कति आयो पैसा ?

<p>काठमाडौं । सरकारले भूकम्पपछिको पुननिर्माणका लागि दोश्रो दाता सम्मेलनको तयारी गरेको छ । शुक्रबार बसेको प्राधिकरण निर्देशक समितिको बैठकमा योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले दोश्रो दाता सम्मेलनको आवश्यकतालाई औपचारिक रुपमा उठाएका छन् । त्यस अघि प्राधिकरणका सिइओ युवराज भुषालले नियुक्त लिएको भोली पल्टै अर्थात कात्तिक ८ गते नै दोश्रो दाता सम्मेलनको आवश्यकता औल्याएका थिए [&hellip;]</p>

काठमाडौं । सरकारले भूकम्पपछिको पुननिर्माणका लागि दोश्रो दाता सम्मेलनको तयारी गरेको छ । शुक्रबार बसेको प्राधिकरण निर्देशक समितिको बैठकमा योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले दोश्रो दाता सम्मेलनको आवश्यकतालाई औपचारिक रुपमा उठाएका छन् ।

त्यस अघि प्राधिकरणका सिइओ युवराज भुषालले नियुक्त लिएको भोली पल्टै अर्थात कात्तिक ८ गते नै दोश्रो दाता सम्मेलनको आवश्यकता औल्याएका थिए । ‘मैले नियुक्त लिएको भोलीपल्टै दोश्रो दाता सम्मेलनको आवश्यकता बारे कुरा उठाएको थिएँ, योजना आयोगका उपाध्यक्षले निर्देशक समितिमा यो बिषयलाई औपचारिक रुपमा उठाउनु भएको छ’, प्राधिकरणका सिइओ भुषालले विकासन्युजसँग भने ।

उनले आगामी कात्तिक।मंसिरमा दोश्रो दाता सम्मेलन गर्नेबारे प्रारम्भिक छलफल भएको समेत बताए ।‘भूकम्पपछिको पुननिर्माण र तराईको डुबान समस्या समाधानका लागि हामीले गरेको कार्य प्रगति देखाएर फेरी सहयोगका लागि आग्रह गर्न दोश्रो दाता सम्मेलनको आवश्यकता छ, त्यसका लागि २०७५ मंसिर उपयुक्त हुन सक्छ’, सिइओ भुषालले भने ।

यसअघि गरिएको दाता सम्मेलनमा ४ खर्ब १० अर्बको सहयोग प्रतिवद्धता आएको थियो । सोमध्ये एक खर्ब ९६ अर्ब बजेटरी सहयोग थियो भने बाँकी दाताहरुले आफैं खर्च गर्ने योजनाका रकम थिए । सो एक खर्ब ९६ अर्बमध्ये पनि ३४ अर्ब मात्रै प्राप्त भएको छ ।

Share News