बिजी मलमा विन्टर मेगा सेल सुरु, ५० प्रतिशतसम्म छुट

<p>काठमाडौं। गोगंबु स्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा ‘विन्टर मेगा सेल’ सुरु भएको छ । उक्त सेलको अवसरमा मलमा सपिङ गर्ने ग्राहकहरुले विभिन्न वस्तुको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । भ्यालेण्टाइन डेको अवसर पारेर ग्राहलाई विभिन्न आकर्षक अफरहरु समेत राखिएको बताइएको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन सेल आयोजना गरिएको [&hellip;]</p>

काठमाडौं। गोगंबु स्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा ‘विन्टर मेगा सेल’ सुरु भएको छ । उक्त सेलको अवसरमा मलमा सपिङ गर्ने ग्राहकहरुले विभिन्न वस्तुको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । भ्यालेण्टाइन डेको अवसर पारेर ग्राहलाई विभिन्न आकर्षक अफरहरु समेत राखिएको बताइएको छ ।

ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन सेल आयोजना गरिएको मेलाका संयोजक हिरामणि तिमल्सिनाले बताए । जाडो मौसम तथा भ्यालेण्टाइन डेलाई लक्षित गरी फेब्रुवरी ९ देखि सुरु भएको मेला फेबु्रवरी २४ सम्म सञ्चालन हुने उनको भनाइ छ ।

मलको अनुसार सेलको अवधिमा ग्राहकहरुले दैनिक रुपमा विभिन्न उपहारहरु जित्न सक्ने छन् । हरेक सामानको खरिदमा ५० प्रतिशतसम्मको छुट दिइनेछ । मलमा घरायसी, विद्युतीय सामग्री, मोबाइल, लत्ता–कपडा, जुत्ताचप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्यका सामग्री लगायत उपलब्ध हुनेछ ।

मेलामा विभिन्न सामानको खरिदमा ग्राहकहरुले दैनिक रुपमा सिनेमाको टिकट, लन्च कुपन, शपिङ्ग भौचर, स्मार्टफोन लगायत जित्ने अवसर समेत रहेको संयोजक तिमल्सिनाकोे भनाइ छ । साथै सेलको अबधिमा विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु समेत राखिएको बताइएको छ ।

 

Share News