डाटा डिस्प्लेमा समस्या देखिएपछि नेप्सेले भन्यो-‘सरी’

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको डाटा डिस्प्लेमा समस्या देखिएको छ । आइतबार कारोबार आरम्भ भएको केहि समयमै नेप्सेको सर्भरमा समस्या देखिएसँगै वेभसाइटमा सेयर कारोबारको तथ्यांक देखिएको छैन् । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले तथ्यांक देखाउने सर्भरमा समस्या देखिएका र पाँच जनाको प्राबिधिक टोलीले काम गरिरहेको बताए । नेप्सेले वेभसाइटको आउटलुकमा समस्या देखिएपछि सूचना प्रकाशित गरेर मार्केट [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको डाटा डिस्प्लेमा समस्या देखिएको छ । आइतबार कारोबार आरम्भ भएको केहि समयमै नेप्सेको सर्भरमा समस्या देखिएसँगै वेभसाइटमा सेयर कारोबारको तथ्यांक देखिएको छैन् ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले तथ्यांक देखाउने सर्भरमा समस्या देखिएका र पाँच जनाको प्राबिधिक टोलीले काम गरिरहेको बताए ।
नेप्सेले वेभसाइटको आउटलुकमा समस्या देखिएपछि सूचना प्रकाशित गरेर मार्केट डेप्थ हेर्न लगानी कर्तालाई अनुरोध गरेको छ । नेप्सेले डाटा डिस्प्लेमा समस्या उत्पन्न भएसँगै लगानीकर्तामा परेको असहजता प्रति ‘सरी’ भनेको छ ।

Share News