काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले थप २ एटीएम सेवा संचालनमा ल्याएको छ । फाइनान्सले पोखराको भिमकाली पाटन शाखा तथा नागढुड्डा स्थित फेवा सिटी हस्पिटल प्रा.लि. को प्राड्डणमा एकै पटक २ वटा नयाँ एटिएम सञ्चालनमा ल्याएको हो ।

उक्त एटीएम सेवाको उद्घाटन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापा एवं वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।
हाल यस संस्थाको चुक्ता पूँजी ६५ करोड ५७ लाख रुपैयाँ रहेको छ । संस्थाले २०७४ पौष सम्ममा निक्षेप करिब ३ अर्ब ९४ करोड रुपैयाँ र कर्जा ३ अर्ब ७० करोड रुपैयाँ परिचालन गरेको छ । सो अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड ०२ लाख रुपैयाँ कायम गर्न सफल भएको छ ।
संस्थाले चुक्ता पूँजी वृद्धिका लागि हालै १५ प्रतिशत सेयर निष्कासन गरिएको एवं निकट भविष्यमा भैरहवा, नारायणगढ तथा वेसीशहरमा गरी थप ३ शाखाहरु सञ्चालनमा ल्याउने जनाएको छ ।