विश्वास ढकाललाई म्यानेजर अफ इयर अवार्ड

<p>काठमाडौं। एफ वान सफ्ट इन्टरनेशनल प्रालिका प्रबन्धक निर्देशक विश्वास ढकालाई ‘म्यानेजर अफ इयर अवार्ड–२०१८ प्रदान गरिएको छ । काठमाडौंमा आइतबार भएको ३७ औैं ‘नेशनल म्यानेजमेन्ट कन्भेन्सन’को अवसरमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । उनले कम्पनीलाई अघि बढाउन खेलेको महत्वपूर्ण भूमिकालाई कदर गर्दै अवार्ड प्रदान गरिएको बताइएको छ । त्यस्तै नेपाल टेलिकमको प्रबन्धक निर्देशक कामिनी [&hellip;]</p>

काठमाडौं। एफ वान सफ्ट इन्टरनेशनल प्रालिका प्रबन्धक निर्देशक विश्वास ढकालाई ‘म्यानेजर अफ इयर अवार्ड–२०१८ प्रदान गरिएको छ । काठमाडौंमा आइतबार भएको ३७ औैं ‘नेशनल म्यानेजमेन्ट कन्भेन्सन’को अवसरमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । उनले कम्पनीलाई अघि बढाउन खेलेको महत्वपूर्ण भूमिकालाई कदर गर्दै अवार्ड प्रदान गरिएको बताइएको छ ।

त्यस्तै नेपाल टेलिकमको प्रबन्धक निर्देशक कामिनी राजभण्डारीलाई ‘आउट स्ट्याण्डीङ’ अवार्ड प्रदान गरिएको छ । नेपाल चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंक जोड्न उनले निभएको भूमिकालाई मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ ।

आयोजकका अनुसार ३१ वर्षअघिदेखि उक्त अवार्डहरु प्रादन गर्न सुरु गरिएको हो । महिलालाई भने २००२ अर्थात १६ वर्षअघिदेखि मात्र सो अवार्ड दिन थालिएको आयोजकको भनाइ छ ।

Share News