एनआईसी एशिया बैंकले एकैदिन खोल्यो थप ९ शाखा, सबैभन्दा बढी नवलपरासीमा

<p>काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन ९ नयाँ शाखा कार्यालयहरु संञ्चालनमा ल्याएको छ । सो मध्ये बैंकले आइतबार नवलपरासी जिल्लाको ४ स्थानहरु: अमरापुरी स्थित अमरापुरी शाखा, गोपीगंज स्थित गोपीगंज शाखा, दुम्कीबास स्थित दुम्कीबास शाखा र अरुणखोला स्थित अरुणखोला शाखा संचालनमा ल्याएको छ । साथै, बैंकले रुपन्देही जिल्लाको ३ स्थानहरु शंकरपुर स्थित शंकरपुर शाखा, मुर्गिया स्थित मुर्गिया [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन ९ नयाँ शाखा कार्यालयहरु संञ्चालनमा ल्याएको छ । सो मध्ये बैंकले आइतबार नवलपरासी जिल्लाको ४ स्थानहरु: अमरापुरी स्थित अमरापुरी शाखा, गोपीगंज स्थित गोपीगंज शाखा, दुम्कीबास स्थित दुम्कीबास शाखा र अरुणखोला स्थित अरुणखोला शाखा संचालनमा ल्याएको छ ।

साथै, बैंकले रुपन्देही जिल्लाको ३ स्थानहरु शंकरपुर स्थित शंकरपुर शाखा, मुर्गिया स्थित मुर्गिया शाखा र मणिग्राम ४ नम्बर स्थित मणिग्राम ४ नम्बर शाखा र कपिलवस्तु जिल्लाको २ स्थानहरु बाणगंगा, ४ नम्बर जितपुर स्थित ४ नम्बर जितपुर शाखा र ईमिलिया स्थित ईमिलिया शाखाको एक समारोहका बिच उद्घाटन गरेको छ ।

उक्त ९ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकले १७० शाखा कार्यालयहरु र १६८ एटिएम काउन्टरहरु एव् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share News