काठमाडौं । शिभश्री हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले पहिलो चरणमा १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४ सय कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले स्थानियबासिन्दा र दोस्रो चरणमा सर्वसाधरणलाई गरी कुल ३५ करोड रुपैया बराबरको ३५ लाख कित्ता आईपीओ निष्कासन गर्ने सञ्चालक उमेश कसजुले बताए । उनकाअनुसार स्थानियबासिन्दालाई निष्कासन गरेपछि सर्वसाधारणलाई २० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीमा ७० प्रतिशत संस्थापक र २५ प्रतिशत सर्वसाधारणको लगानी हुने भएको छ ।
३ महिनामा २२ मेगावाट बिजुली उत्पादन हुने
प्रवद्र्धक शिवश्रीले आउदो ३ महिनाभित्र २२ मेगावाटको माथिल्लो चाकुखोला ए आयोजनाबाट बिजुली उत्पादन गर्ने भएको छ । हाल आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम सम्पन्न गरी ढिलोमा आउदो जेठसम्म बिजुली उत्पादन गर्ने लक्ष्य रहेको कसजुले जानकारी दिए । आयोजनाको लागत ४ अर्ब ३ करोड रुपैयाँ छ । आयोजना सिन्धुपाल्चोकमा पर्छ ।
चालु आर्थिक वर्षमा निजी र सर्वसाधारण गरी प्रणालीमा १३९ मेगावाट बिजुली उत्पादन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।