काठमाडौं। भ्यालेन्टाइन डेलाई लक्षित गर्दै के एल मोबाइल हबले ‘बाइ वान गेट वान फ्रि’ अफर सहित मोबाइल मेला आयोजना गर्ने भएको छ । चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्ल्युसिभ अफरसहित मेला आयोजना गर्न लागेको हो ।

भ्यालेन्टाइन डेको अवसर पारेर मोबाइल हबले फेब्रुअरी १३ देखि १५ दिनसम्म मेला आयोजना गर्ने बताएकोे छ । मेलामा मोबाइल खरिद गर्दा विभिन्न किसिमका उपहारको व्यवस्था गरिने बताइएको छ ।
हबको अनुसार मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गरिने जनाएको छ ।
मोबाइल हवले मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु सञ्चालन गर्नेछ । उक्त खेलाहरुमा एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिनेसम्मको योजना रहेको हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिएको छ ।
हबका अनुसार विश्व बजारमा पाइने २५ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनहरु रहनेछ । जसमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, भिभो, ओप्पो लगायतका छन् ।