कामीनी राजभण्डारीले पाइन ‘आउटस्ट्यान्डिङ म्यानेजर अफ इयर २०१८’

<p>काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ‘आउट स्ट्याण्डिङ म्यानेजर अफ इयर २०१८’ पाएकी छिन् । नेपाल व्यवस्थापन संघ ३७ औं वर्षमा पुगेको अवसरमा आयोजित एक कार्यक्रममा राजभण्डारीलाई सो अवार्ड प्रदान गरिएको हो । टेलिकम सेवामा ३१ वर्ष बिताएकी भण्डारीलाई गत जनवरी १८ मा नेपाल–चीन अप्टिकल फाइबर जोड्न उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै सो [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ‘आउट स्ट्याण्डिङ म्यानेजर अफ इयर २०१८’ पाएकी छिन् । नेपाल व्यवस्थापन संघ ३७ औं वर्षमा पुगेको अवसरमा आयोजित एक कार्यक्रममा राजभण्डारीलाई सो अवार्ड प्रदान गरिएको हो ।

टेलिकम सेवामा ३१ वर्ष बिताएकी भण्डारीलाई गत जनवरी १८ मा नेपाल–चीन अप्टिकल फाइबर जोड्न उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै सो अवार्डबाट पुरस्कृत गरिएको हो । राजभण्डारी करिब एक वर्षअघि नेपाल टेलिकमको कार्यकारी प्रमुख बनेकी थिइन् ।

पुँजी र सेवाग्राहीका आधारमा नेपालको सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा पुग्ने उनी पहिलो र एक मात्र महिला व्यावस्थाक हुन् ।एक वर्षअघि नेपाल इन्जिनियरिङ एशोसियसनले राजभण्डारीलाई उत्कृष्ट इन्जिनियरको रुपमा सम्मान गरेको थियो ।

यसैगरी ‘म्यान म्यानेजर अफ इयर २०१८’ एफ वान सफ्ट इन्टरनेश्नल प्रालीका प्रबन्ध निर्देशक विस्वास ढकाललाई प्रदान गरिएको छ । छोटो समयमै उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा यो अवार्ड उनलाई प्रदान गरिएको हो ।

आयोजकले पुरुषलाई सन् १९९६ देखि यो अवार्ड प्रदान गर्दै आएको छ भने महिलालाई सन् २००२ अवार्ड प्रदान गर्दै आएको छ ।

Share News