सिजीले ल्यायो नयाँ स्ट्यान्डीङ्ग चेस्ट फ्रिजर, ३६ महिनाको वारेण्टी

<p>काठमाडौं । नेपालकै ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै आएर नौलो र आकर्षक स्ट्यान्डीङ्ग चेस्ट फ्रिजर बजारमा ल्याएको छ । यो फ्रिजर २७० लि.को क्षमतामा उपलब्ध छ । अन्य चेस्ट फ्रिजरहरुमा जस्तै यसमा पनि १८ डिग्री सेल्सियस सम्मको चिसोको प्रयोग गरि खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले जनाएको छ । यो हेर्दा रेफ्रिजेरेटर जस्तै देखिने [&hellip;]</p>

काठमाडौं । नेपालकै ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै आएर नौलो र आकर्षक स्ट्यान्डीङ्ग चेस्ट फ्रिजर बजारमा ल्याएको छ । यो फ्रिजर २७० लि.को क्षमतामा उपलब्ध छ ।

अन्य चेस्ट फ्रिजरहरुमा जस्तै यसमा पनि १८ डिग्री सेल्सियस सम्मको चिसोको प्रयोग गरि खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले जनाएको छ । यो हेर्दा रेफ्रिजेरेटर जस्तै देखिने भएकोले ग्राहकहरुले यसको लागि धेरै ठाउँ बनाउन नपर्ने भएको छ । यसभित्र धेरै भन्दा धेरै कन्डेस्नर युक्तखण्डहरु रहेका छन्, जसको कारण यसले पर्याप्त रुपमा चिसो बनाई चिसोपनको राम्रो अनुभुति दिन्छ ।

विशेष गरि यो अस्पताल, औषधीपसल र डेरी पसलहरुको लागि एकदमै उपयुक्त भएको र ३६ महिनाको वारेण्टी पनि यसमा रहेको सिजीका प्रोडक्ट प्यालिङ्ग म्यानेजर रितेश चौधरीले बताए । यसको साथसाथै सिजीले हालै साधारण चेस्ट फ्रिजरहरु विभिन्न मोडलहरु पनि बजारमा उपलब्ध गराएको छ ।

Share News