धमाधम सेजमा जाँदै उद्योगी, खर्बौंको व्यापार घाटा घट्ला त ?

<p>काठमाडौं । २०७१ सालमै उद्घाटन गरिएको भैरहवास्थित विशेष आर्थिक क्षेत्र(सेज)मा उद्यमीहरु दर्ता हुन थालेका छन् । भाडा दर र विद्युत आपुर्तिमा कुरा नमिलेपछि भैरहवा सेजलाई करिब तीन बर्षदेखि उद्योगीले पत्याईरहेका थिएनन् । ७ मेगावाटको विद्युत आपुर्ति र भाडा दरमा कुरा मिलेपछि दुई वटा उद्योग दर्ता भैसकेका छन् । अन्य उद्योगहरु पनि धमाधम दर्ता प्रक्रियामा रहेको [&hellip;]</p>

काठमाडौं । २०७१ सालमै उद्घाटन गरिएको भैरहवास्थित विशेष आर्थिक क्षेत्र(सेज)मा उद्यमीहरु दर्ता हुन थालेका छन् । भाडा दर र विद्युत आपुर्तिमा कुरा नमिलेपछि भैरहवा सेजलाई करिब तीन बर्षदेखि उद्योगीले पत्याईरहेका थिएनन् । ७ मेगावाटको विद्युत आपुर्ति र भाडा दरमा कुरा मिलेपछि दुई वटा उद्योग दर्ता भैसकेका छन् । अन्य उद्योगहरु पनि धमाधम दर्ता प्रक्रियामा रहेको सेजका प्रवक्ता सुन्दर थापाले बताए ।

सेजमा सञ्चालन हुने उद्योगहरुले ७५ प्रतिशत उत्पादन निर्यात गर्नै पर्ने व्यवस्थाका कारण व्यापार घाटा कम हुने अपेक्षा गरिएको हो । मुलुकमा खरबौंको व्यापार भइरहेको अवस्थामा सेजमा सेन्थेटिक, हर्बल, फलफूल प्रशोधन, गार्मेन्ट, जुत्ता, चाउचाउ लगायतका वस्तु उत्पादन हुने उद्योगहरु सञ्चालनमा आउन लागेको हो । ती उद्योगहरु सञ्चालन भएसँगै निर्यात बढ्ने विश्वास गरिएको छ ।

अहिलेसम्ममा आईडीएस इलेक्ट्रिक प्रालि र सुगम नानो हर्बल इन्डष्ट्रिजले उद्योग सञ्चालनको लागि अनुमति पाइसकेको उनले बताए । ‘किरण सुज म्यानुफ्क्चर र जगदम्बा सिन्थेटीक्स प्रालिले आजभोलि नै अनुमति प्राप्त गर्दैछ,’ उनले भने ‘१९ ओटा प्रारम्भिक सम्झौता भएको उद्योहरुमध्ये १२ वटा उद्योग सञ्चालनको प्रक्रियामा अघि बढिसकेको छ ।’ सो मध्ये ८ उद्योगहरु अनुमति लिने अन्तिम तयारीमा छन् । उनका अनुसार अनुमति पत्र प्राप्त गर्नका लागि २५ हजार रुपैयाँ शुल्क लाग्छ ।

केही दिनभित्रै इन्टर-टेक प्रालि, मिनरल वाटर इन्डष्ट्रिज, एक्सिलेट गार्मेन्ट, ट्रान्स हिमालयन बेभरेज, गार्मेन्ट प्रोसेसिङ इन्डष्ट्रिज, सिद्धार्थ पेट प्लाष्ट (क्लोजरएण्ड क्लोजर), सिद्धार्थ प्लाष्ट (पीभीसी म्याट), एक्सन पोलिमोर लागतयले सञ्चालनको लागि प्रमाणपत्र लिने प्राधिकरणको भनाइ छ ।

उद्योग सञ्चालनका लागि माघ १० गते पहिलो सूचना निकालिएको थियो । सो निधारण गरिएको समयावधि बुधबार सकिएको छ । प्ररम्भिक सम्झौता भएका १२ वटा उद्योहरु मात्रै अहिले दर्ताको प्रक्रियामा छन् । बाँकी ७ वटा उद्योग आएका छैनन् । त्यसैले दोस्रो चरणको सूचना बिहीबार प्रकाशित गरिएको छ । पुनः १५ दिनको समय अबधि राखेर सम्झौतामा आउन सूचना निकालिएको प्राधिकरणको सूचना प्रवत्ता थापाले बताए । ‘हाल सार्वजनिक गरिएको सूचनालाई अटेर गरेर दर्ता गर्न नआए ती उद्योगहरुलाई खारेज गरिनेछ,’ उनले भने ‘त्यसको सट्टा नयाँ उद्योगका लागि पुनः प्रस्ताव आह्वान गर्ने तयारी भइरहेको छ ।’

प्राधिकरणका अनुसार सेजभित्र सवै उद्योग सञ्चालनमा आउँदा ५ अर्ब रूपैयाँ लगानी हुनेछ । २ हजारले प्रत्यक्ष रोजगारी पाउने छन् । सम्झौता भएको सात दिनपछि सञ्चालन अनुमति सेज व्यवस्थापन दिनका साथै उद्योग सञ्चालनमा जाने प्राधिकरणको नियम छ ।
रूपन्देहीको रोहिणी गाउँपालिकामा ५२ विघा क्षेत्रफलमा रहेको सेजमा १४ सयदेखि ३७ सय बर्ग मिटरसम्मका ६९ ओटा प्लट रहेका छन् । सेजमा बन्द हड्ताल गर्न प्रतिबन्ध लगाइएको छ ।

Share News