अब १ रुपैयाँमा नै सामसंग जे सेभेन म्याक्स स्मार्टफोन पाइने, थप १ वर्षको वारेन्टि

<p>काठमाडौं । सुन्धाराको सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि किस्ताबन्दीमा विभिन्न ब्राण्डका मोबाइल दिने योजना ल्याएको छ । उक्त योजना अन्तर्गत कम्पनीले  सामसंग ब्राण्डको जे सेभेन म्याक्स स्मार्टफोन मासिक किस्ताबन्दीमा दिने भएको छ । सो अफरअन्तर्गत अधिकतम बजार मूल्य २८ हजार २९० रुपैयाँ तोकिएको सामसंग जे सेभेन म्याक्स स्मार्टफोन ग्राहकहरुले रु.१ [&hellip;]</p>

काठमाडौं । सुन्धाराको सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि किस्ताबन्दीमा विभिन्न ब्राण्डका मोबाइल दिने योजना ल्याएको छ । उक्त योजना अन्तर्गत कम्पनीले  सामसंग ब्राण्डको जे सेभेन म्याक्स स्मार्टफोन मासिक किस्ताबन्दीमा दिने भएको छ ।

सो अफरअन्तर्गत अधिकतम बजार मूल्य २८ हजार २९० रुपैयाँ तोकिएको सामसंग जे सेभेन म्याक्स स्मार्टफोन ग्राहकहरुले रु.१ बुझाएर नै घर लैजान सक्नेछन् । सो स्मार्टफोनको बाँकी मूल्य सरल किस्ताबन्दीमा तिर्ने व्यवस्था रहेको छ । ईजी मोबाइल केयरका अध्यक्ष संजित पौडेलले अझैपनि बजारमा ग्राहकहरुले चाहे अनुसारको मोबाइल किन्न र सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए ।

‘‘हामी पहिलेदेखि नै मोबाइल क्षेत्रमा सक्रिय कम्पनी भएको हुँदा ब्राण्डेड मोबाइल बिक्री गर्ने र बिक्रीपछिको उत्कृष्ट सेवा दिने कार्य गरिरहेका छौं । यसैको एउटा पाटोकोरुपमा हामीले विभिन्न मोबाइल फोनहरु किस्तामा दिदैँ आएका छौं, मासिक किस्तामा फोन किनेर ग्राहकहरुलाई फाईदा लिन हामी आग्रह गर्दछौं ।’’ अध्यक्ष पौडेलले भने ।

कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने गरेको छ । अन्य कम्पनीबाट मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकामा ईजी मोबाइल केयर प्रालिबाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईनेछ ।

सुन्धाराको सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रालि मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्धेश्यका साथ स्थापना भएको कम्पनी हो । नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने यो कम्पनीले आफ्ना सेवाहरु संचालन गर्दै आएको छ ।

Share News