विदेशी व्यक्तिसँग ५ लाख डलरसम्म ऋण लिन पाइने, तरलता संकटमा राहत

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी व्यक्ति तथा संस्थाहरुसँग पाँच लाख अमेरिकी डलरसम्म ऋण लिने सुबिधा उपलब्ध गराएको छ । अब नेपाली नागरिकहरुले विदेशी व्यक्ति वा संस्थाहरुसँग नेपाल राष्ट बैंकको पुर्व स्वीकृति लिएर पाँच लाख डलरसम्म ऋण लिन सक्नेछन् । भारतीय मुद्राको हकमा भने पाँच करोड भारुसम्म ऋण लिन सकिनेछ । तर त्यस्तो ऋण वा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी व्यक्ति तथा संस्थाहरुसँग पाँच लाख अमेरिकी डलरसम्म ऋण लिने सुबिधा उपलब्ध गराएको छ । अब नेपाली नागरिकहरुले विदेशी व्यक्ति वा संस्थाहरुसँग नेपाल राष्ट बैंकको पुर्व स्वीकृति लिएर पाँच लाख डलरसम्म ऋण लिन सक्नेछन् । भारतीय मुद्राको हकमा भने पाँच करोड भारुसम्म ऋण लिन सकिनेछ ।

तर त्यस्तो ऋण वा सापटी लिनु अघि नेपाल राष्ट्र बैंकसँग स्वीकृति भने लिनुपर्नेछ । मुलुकमा देखिने गरेको तरलता अभावको समस्या समाधानका लागि यो नीति फलदायी हुने केन्द्रिय बैंकको दावी छ । यस्तो नीतिले अजेयराज सुमार्गीलाई समेत लगानी भित्र्याउने बाटो सहज गरिदिएको देखिन्छ । उनले विदेशबाट ऋणका रुपमा भित्र्याउन खोजेको अरबौं रकम केन्द्रिय बैंकले अड्काएको थियो ।

गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले विदेशबाट ऋण ल्याउन सकिने व्यवस्था गरिएको भएपनि फिर्ता लैजानेबारे भने कुनै ठोस व्यवस्था नगरिएको बताए ।

Share News