चालु आर्थिक वर्षको वृद्धि मध्यम रहने

<p>काठमडौं । चालु अर्थिक वर्ष २०७४/७५ को आर्थिक वृद्धि मध्यम खालको रहनेछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अद्र्धवार्षिक समीक्षामा यस वर्षको आर्थिक बृद्धि मध्यम खालको रहने जनाइएको हो । बैंकको अनुसार कृषि क्षेत्रको उत्पादन विस्तार सामान्य रहने छ । औद्योगिक क्षमता उपयोगमा विस्तार, कच्चा पदार्थ आयातमा बृद्धि तथा पर्यटक आगमनमा देखिएको सुधारले अर्थतन्त्रमा सकरात्मक [&hellip;]</p>

काठमडौं । चालु अर्थिक वर्ष २०७४/७५ को आर्थिक वृद्धि मध्यम खालको रहनेछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अद्र्धवार्षिक समीक्षामा यस वर्षको आर्थिक बृद्धि मध्यम खालको रहने जनाइएको हो ।

बैंकको अनुसार कृषि क्षेत्रको उत्पादन विस्तार सामान्य रहने छ । औद्योगिक क्षमता उपयोगमा विस्तार, कच्चा पदार्थ आयातमा बृद्धि तथा पर्यटक आगमनमा देखिएको सुधारले अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने देखिएको छ । पर्याप्त वर्षाको कारण मकैको उत्पादनमा उल्लेख्य वृद्धि भएको वैंकको छ । यद्यपि बाढीले भूक्षेत्र कटान गरेका कारण धानको उत्पादन अपेक्षित नहुने देखिएको छ । यी सबै तथ्यहरुको विश्लेषणको आधारमा चालु आर्थिक वर्षको आर्थिक बृद्धि मध्यमखालको रहने जनाएको हो ।

आर्थिक लक्ष्यहरुको स्थितिलाई हेर्दा ७.२ प्रतिशतको लक्षित आर्थिक बृद्धिदर सम्बन्धमा मागको अवस्थालाई विश्लेषण गर्दा कुल उपभोग खर्च विस्तारले निरन्तरता पाएको देखिएको छ । उपभोग खर्चको प्रत्यक्ष प्रभाव मुलुकको व्यपार घाटामा परेको छ । समष्टिगत रुपमा मागको खुद निर्यात थप खस्केको कारण अर्थिक वृद्धिमा प्रभाव पर्न गएको जनाइएको छ । यद्यपि कुल पूँजी निर्माणंमा केही विस्तार आएकोले आर्थिक वृद्धिमा सकारत्मक प्रभाव पर्ने बताइएको छ ।

Share News