काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत संचालित सामसङ्ग प्लाजामा मोबाइल एक्सचेञ्ज मेला संचालन भईरहेको छ । आगामी फागुन ६ गतेसम्म चल्ने यो कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोवाइलसँग सामसङ्गका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोनहरु एक्सचेञ्ज गर्न सक्नेछन् ।

हालको मितिसम्म २ हजार भन्दा बढि मोबाइल सेटहरु एक्सचेञ्ज भईसकेका छन् । यो मेला उपत्यकाभर फैलिएका ७ वटा सामसङ्ग प्लाजाहरुमा संचालन भईरहेको छ ।