संसदमा बिनोद चौधरीको दोश्रो इनिङः फरक पार्टी, मधेशी कोटा

<p>काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति बिनोद चौधरी दोश्रो पटक सांसद बनेका छन् । २०६४ सालको संबिधान सभामा सांसद बनेका चौधरी २०७४ सालमा पुनः सांसद बनेका हुन् । उतिबेला एमालेबाट समानुपातिक सांसद बनेका चौधरीलाई यसपाली भने काँग्रेसले सांसद बनाएको हो । चौधरीलाई काँगेसले मधेशी कोटामा सांसद बनाएको हो । प्रतिनिधी सभा निर्वाचनको केहि अघि [&hellip;]</p>

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति बिनोद चौधरी दोश्रो पटक सांसद बनेका छन् । २०६४ सालको संबिधान सभामा सांसद बनेका चौधरी २०७४ सालमा पुनः सांसद बनेका हुन् । उतिबेला एमालेबाट समानुपातिक सांसद बनेका चौधरीलाई यसपाली भने काँग्रेसले सांसद बनाएको हो ।

चौधरीलाई काँगेसले मधेशी कोटामा सांसद बनाएको हो । प्रतिनिधी सभा निर्वाचनको केहि अघि मात्रै चौधरी काँग्रेस प्रवेश गरेका थिए ।

चौधरीसँगै उद्योगी व्यवसायीहरु उमेश श्रेष्ठ, दिव्यमणि राजभण्डारी, बहादुरसिंह लामा र जिपछिरिङ शेर्पा पनि सांसद बनेका छन् ।

Share News