वैदेशिक रोजगार वचतपत्रको बिहीबारदेखि बिक्री खुला, १० प्रतिशत ब्याज पाइने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार वचतपत्र बिक्रीका लागि १३ बैंक तथा वित्तीय संस्थालाई तोकेको छ । राष्ट्र बैंकले सिटिजन्स बैंक, माछापुच्छे बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा बैंक, नविल बैंक, सनराईज बैंक र सेञ्चुरी कमर्शियल बैंकलाई तोकेको छ । यस्तै प्रभु मनी ट्रान्सफर, सेवा रेमिट, आईएमई लिमिटेड र सिटी एक्सप्रेस मनि [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार वचतपत्र बिक्रीका लागि १३ बैंक तथा वित्तीय संस्थालाई तोकेको छ ।

राष्ट्र बैंकले सिटिजन्स बैंक, माछापुच्छे बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा बैंक, नविल बैंक, सनराईज बैंक र सेञ्चुरी कमर्शियल बैंकलाई तोकेको छ ।

यस्तै प्रभु मनी ट्रान्सफर, सेवा रेमिट, आईएमई लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई पनि वचतपत्र बिक्रीको एजेन्ट नियुक्त गरेको राष्ट्र बैंकले जनाएको छ ।
बिहीबारदेखि २५ करोड रुपैयाँको वैदेशिक रोजगार वचतपत्रको बिक्री खुला गर्दैछ । बचतपत्रको बिक्री फागुन २३ गतेसम्म तोकिएको छ ।
वार्षिक १० प्रतिशत ब्याज पाइने, ६ महिनामा ब्याज भुत्तानी हुने, ५ वर्षमा साँवा फिर्ता र वचतपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन पनि सकिने व्यवस्था रहेको छ ।
वचतपत्र रोजगारीका शिलसिलामा मुलुक बाहिर गएका र रोजगारीबाट फर्किएको ४ महिना नपुगेका नेपाली नागरिक र गैरआवासिय नेपालीले आफनो परिवारका सदस्यका नाममा खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

Share News