काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन सामसङ मोबाइल नेपाली चलचित्र ‘कृ’मा ब्राण्ड समन्वय भएको छ ।
हालै सुरेन्द्र पौडेलद्धारा निर्देशित एवं अनमोल केसीद्धारा अभिनित उक्त चलचित्रमा सामसङको ग्यालेक्सी एस ८ प्लसको प्रयोग केसीले गरेको देखाइएको छ । नेपाली चलचित्रका दृश्यहरुमा समेत सामसङ मोबाइलको प्रयोगबाट नेपाली समाजमा मोबाइल सम्पर्कको विशेष माध्यम हुँदै आएको कुरा अझ स्पष्ट भएको छ । हलिउड तथा बलिउडमा भने यस्तो प्रयोग पहिलेदेखि नै हुँदै आएको छ ।
स्मार्टफोनको समुहमा यो फोनले विशेष भूमिका खेलेको देखिन्छ । यसबाट नेपाली चलचित्रको वर्तमान प्रयोगले भिन्न तथा विशेष तरिकाबाट पनि उत्पादनको प्रबर्धन गर्न सकिने कुरामा सामसङ विश्वस्थ रहेको छ ।
“चलचित्रले समाजको भावनालाई प्रतिबिम्बित गर्दछ । नेपाली चलचित्रमा यो उत्पादनको प्रयोग भएको पाउँदा हामी अत्यन्त खुसी भएका छौं । यसले हामीलाई ग्राहकहरुसँग नजिक हुने राम्रो अवसर पनि प्रदान गरेको छ । ‘कृ’ चलचित्रको माध्यमबाट नेपाली दर्शकमा ख्याति प्राप्त अनमोल के.सी.सँग सम्बन्धित हुन पाउँदा हर्षित छौँ” आइ एम बिज, सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले भनेका छन् ।