दर्जन व्यवसायी सांसद, बिनोद चौधरी, मोति दुगडदेखि उमेश श्रेष्ठसम्म

<p>काठमाडौं । एक दर्जन उद्योगी व्यवसायी सांसद बन्न सफल भएका छन् । आधा दर्जनले प्रत्यक्ष निर्वाचन जितेका थिए भने थप आधा दर्जन व्यवसायी समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् । नेपालका एक मात्रै डलर अर्बपति बिनोद चौधरीदेखि दुगड ग्रुपका मोति दुगडसम्म सांसद बनेका छन् । चौधरीलाई काँग्रेसले सांसद बनाएको हो भने दुगडलाई एमालेले सांसद बनाएको हो [&hellip;]</p>

काठमाडौं । एक दर्जन उद्योगी व्यवसायी सांसद बन्न सफल भएका छन् । आधा दर्जनले प्रत्यक्ष निर्वाचन जितेका थिए भने थप आधा दर्जन व्यवसायी समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् । नेपालका एक मात्रै डलर अर्बपति बिनोद चौधरीदेखि दुगड ग्रुपका मोति दुगडसम्म सांसद बनेका छन् । चौधरीलाई काँग्रेसले सांसद बनाएको हो भने दुगडलाई एमालेले सांसद बनाएको हो ।

व्यवसायीक पृष्ठभूमिबाट सांसद बन्ने दुगड एक्ला एमाले हुन भने काँग्रेसले बिनोद चौधरीसहित पाँच जनालाई सांसद बनाएको छ । काँग्रेसले उमेश श्रेष्ठ, दिव्यमणि राजभण्डारी, बहादुरसिंह लामा र जिपछिरिङ शेर्पालाई सांसद बनाएको हो । उमेश श्रेष्ठ तेश्रो पटक सांसद बन्न सफल भएका छन् । उनी २०६४ र ७० सालको संबिधान सभामा पनि सांसद बनेका थिए । श्रेष्ठ तीनै पटक समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् । चौधरी भने २०६४ सालमा एमालेबाट संबिधान सभा सदस्य बनेका थिए भने अहिले काँग्रेसबाट सांसद बनेका हुन् ।

यस अघि प्रत्यक्ष निर्वाचन प्रणालीबाटै आधा दर्जन उद्यमी व्यवसायी तथा ठेकेदारहरुले संसद भवन प्रवेश पक्का गरिसकेका थिए । रसुवाबाट काँग्रेसका मोहन आचार्य, पर्सा क्षेत्र नम्बर ३ मा संघिय समाजवादी फोरमका हरिनारायण रौनियारले निर्वाचन जितेका थिए । आचार्य र रौनियार दुबै क वर्गको निर्माण व्यवसायी हुन् । रौनियार पप्पु कन्स्ट्रक्सनका प्रबन्ध सञ्चालक हुन् भने आचार्य रसुवा कन्स्ट्रक्सनका मालिक हुन् ।

झापाको निर्वाचन क्षेत्र नम्बर ४ बाट वैदेशिक रोजगार व्यवसायी लाल प्रसाद(एलपी) साँवा लिम्बुले निर्वाचन जितेका छन् । धनुषा क्षेत्र नम्बर ४ बाट एमाले पोलिटब्युरो सदस्य रघुबिर महासेठले निर्वाचत जितेका छन् । युटिएल नेपालमा लगानी कर्ता रहेको महासेठ ठुला उद्यमीकै रुपमा चिनिन्छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित एमालेका रामविर मानन्धर पनि चलचित्र उद्योगी हुन् । अष्टनारायण चलचित्र मन्दिरका मालिक मानन्धरले धेरै चलचित्र निर्माण पनि गरेका छन्

 

Share News