काठमाडौं । प्रभु बैंक लिमिटेडले महोत्तरी जिल्लाको एकडारामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले एक समारोहकाबिच उक्त शाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा आयोगका आयुक्त पाठकले बैंकको यस एकडारा शाखाकार्यालय स्थापना पश्चात् यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको बताएका छन् ।
आजदेखि सञ्चालनमा आएको यस शाखाबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।