सिटी रियल होम्स अब सिटी होटेल बन्ने

<p>काठमाडौं । सिटी रियल होम्स प्राली अब होटल बन्ने भएको छ । सिटी रियल होम्सले राजधानीको ताहाचलमा रहेको निर्माणाधिन अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्न लागेको हो । वि.सं ०६९ र ०७० मा सहरी विकास तथा भवन निर्माण विभागबाट वेस्टार स्काई लिभिङ्ग अपार्टमेन्ट र वेस्टार स्काई टावर अपार्टमेन्ट नामक संयुक्त आवास भवन स्वीकृती लिएको थियो । यसलाई [&hellip;]</p>

काठमाडौं । सिटी रियल होम्स प्राली अब होटल बन्ने भएको छ । सिटी रियल होम्सले राजधानीको ताहाचलमा रहेको निर्माणाधिन अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्न लागेको हो ।

वि.सं ०६९ र ०७० मा सहरी विकास तथा भवन निर्माण विभागबाट वेस्टार स्काई लिभिङ्ग अपार्टमेन्ट र वेस्टार स्काई टावर अपार्टमेन्ट नामक संयुक्त आवास भवन स्वीकृती लिएको थियो । यसलाई रद्ध गरी होटल बनाउन काठमाडौं उपत्यका विकास प्राधिकरणले स्वीकृती दिएपछि सिटीले अपार्टमेन्टलाई होटल बनाउने निर्णय गरेको हो ।

होटलले जारी गरेको सूचना अनुसार यस सयुक्त आवासमा कुनै व्यक्ति वा संस्थाले आवास खरिद गरेको भए सूचना प्रकाशित भएको १५ दिन भित्र कम्पनीको रजिष्ट्रार कार्यलयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

 

Share News