१०२ मेगावाटको आयोजना बनाउन चाइना हाइड्रोलाई साढे २० अर्ब विदेशी लगानी ल्याउन स्वीकृत

<p>काठमाडौ । सरकारले हाइड्रो चाइना कर्पोरेशनलाई २० अर्ब ३८ करोड रुपैयाँ वैदेशिक लगानी ल्याउन स्वीकृति दिएको छ । रसुवास्थित त्रिशुली नदीमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई लगानी ल्याउन स्वीकृति दिएको हो । औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम उद्योग मन्त्रालयमा बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४ औँ बैठकले सो [&hellip;]</p>

काठमाडौ । सरकारले हाइड्रो चाइना कर्पोरेशनलाई २० अर्ब ३८ करोड रुपैयाँ वैदेशिक लगानी ल्याउन स्वीकृति दिएको छ ।

रसुवास्थित त्रिशुली नदीमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई लगानी ल्याउन स्वीकृति दिएको हो ।

औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम उद्योग मन्त्रालयमा बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४ औँ बैठकले सो जविद्युत उत्पादनका लागि स्वीकृति प्रदान गरेको हो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ को उपदफा ३ अनुसार साविक रसुवाको स्याफ्रु, गुल्जुङ र गेल्टाङ गाविसमा पर्ने त्रिशूलीमा जलविद्युत् उत्पादनका लागि विदेशी लगानी माग भएकामा उक्त कंपनीको प्रस्ताब स्वीकृत गरिएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए ।

Share News