रोटरी क्लबद्धारा घरहरु पुनर्निर्माण गर्ने कार्य सम्पन्न, ४९ धनीहरुलाई घर हस्तान्तरण

<p>काठमाडौं । नेपालको एक अग्रणी पेन्ट उत्पादक बर्जर पेन्ट्स नेपालले रोटरी क्लब जावालाखेल मन्जुश्रीद्धारा &#8216;अर्थक्वेक रिलिफ रिह्याविलिटेसन रिकन्सट्र्क्सन&#8217; प्रोग्राम अन्तर्गत घरहरु पुनर्निर्माण गर्ने कार्य सम्पन्न गरेका छन्। उक्त क्लबले भूकम्पको समयमा ठूलो मात्रामा क्षतिग्रस्त भएको बुरुन्चुउली, गोदवारी, लालितपुरमा रोटरी डिस्ट्रीक ३२९२ को सहायतामा ४९ घरहरुको पुनर्निर्माण सम्पन्न गरेको हो । नेपालको एक अग्रणी पेन्ट उत्पादक [&hellip;]</p>

काठमाडौं । नेपालको एक अग्रणी पेन्ट उत्पादक बर्जर पेन्ट्स नेपालले रोटरी क्लब जावालाखेल मन्जुश्रीद्धारा ‘अर्थक्वेक रिलिफ रिह्याविलिटेसन रिकन्सट्र्क्सन’ प्रोग्राम अन्तर्गत घरहरु पुनर्निर्माण गर्ने कार्य सम्पन्न गरेका छन्। उक्त क्लबले भूकम्पको समयमा ठूलो मात्रामा क्षतिग्रस्त भएको बुरुन्चुउली, गोदवारी, लालितपुरमा रोटरी डिस्ट्रीक ३२९२ को सहायतामा ४९ घरहरुको पुनर्निर्माण सम्पन्न गरेको हो ।

नेपालको एक अग्रणी पेन्ट उत्पादक बर्जर पेन्ट्स नेपालले उक्त क्लवलाई सो स्थानमा नयाँर्निर्माण गरिएकोे ४९ घरहरु रंगाउनका लागि पेन्ट उपलब्ध गराएकोे थियो । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत बर्जर पेन्ट्स नेपालले आवश्यक पेन्टहरु निशुल्क प्रदान गरेको हो ।

गत फागुन २ गते आयोजित एक समारोहमा ४९ धनीहरुलाई घर हस्तान्तरण गरियो । कार्यक्रममा मारोटरी इन्टिरन्यासनलर रोटरी डिस्ट्रीक ३२९२ का विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उल्लेखिय व्यक्तीहरु, स्थानीय नगरपालिकाका प्रतिनिधि र अन्य सहभागिहरुको उपस्थिति थियो ।

Share News