टीसीएलका एस६, एस६२ सेरिजको नयाँ मोडल अब नेपालमा पनि

<p>काठमाडौं । अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वकै तेस्रो ठूलो टीभी ब्राण्ड टीसीएल ब्राण्डले नेपाली बजारमा एस६, एस६२ सेरिजका नयाँ स्मार्ट टीभीहरु ल्याएको छ । स्टाइलिस डिजाइन भएको उक्त टीभीहरुमा ६जीबी डीडीआर३ र्याम, क्वाड कोर १ जिगाहर्ज प्रोसेसर, वाइयूपीपी टीभी, नेटफिल्स, वाइरलेस मिररिङ जस्ता विषेशता रहेको छ । टीसीएलले अमेरिका लगाएत, नेपालमा पनि आफ्नो प्रभुत्व जमाउन सफल [&hellip;]</p>

काठमाडौं । अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वकै तेस्रो ठूलो टीभी ब्राण्ड टीसीएल ब्राण्डले नेपाली बजारमा एस६, एस६२ सेरिजका नयाँ स्मार्ट टीभीहरु ल्याएको छ । स्टाइलिस डिजाइन भएको उक्त टीभीहरुमा ६जीबी डीडीआर३ र्याम, क्वाड कोर १ जिगाहर्ज प्रोसेसर, वाइयूपीपी टीभी, नेटफिल्स, वाइरलेस मिररिङ जस्ता विषेशता रहेको छ ।

टीसीएलले अमेरिका लगाएत, नेपालमा पनि आफ्नो प्रभुत्व जमाउन सफल भई, फास्ट टेष्ट ग्रोइङ टीभी ब्राण्ड बन्न सफल भएको छ । साथै, यस ब्राण्ड अझ नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सधै अग्रसर छ ।

नेपालका लागि टीसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स प्रालि रहेको छ ।

Share News