काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २७ औं शाखा दाङको घोरहीमा खोलेको छ ।
उक्त शाखाकाे उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, केन्द्रिय सदस्यहरु भरतराज आचर्य र ध्रुव राज श्रेष्ठले गरेका हुन् । कार्यक्रममा ढकालले कम्पनीलाई शुभकामना दिदैं जनतालाई सर्वसुलभ बीमा सेवा प्रदान गर्न आग्रह गरेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गर्दै जाने बताए ।
हाल कम्पनीले २७ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४१ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
