जिओनी ‘ए वान लाइट’ मोबाइलको मूल्य घट्यो, अब २० हजारमै पाइने

<p>काठमाडौं । जिओनी फोनको आधिकारिक बजार व्यवस्थापक तथा वितरक कम्पनी टेलिटक नेपाल प्रालिले जिओनी &#8216;ए वान लाइट&#8217; फोनको मूल्य कम गरेको छ । कम्पनीले उक्त फोनको मूल्य घटाएर नेपाली बजारमा २० हजार ५७० रुपैयाँमा नै उपलब्ध गराएको छ । ५.३० इन्च टचस्क्रिन रहेको यस मोबाइलमा १.३ गिगाहर्ज ओक्टा-कोर मिडियाटेक एम.टि. ६७५३भी प्रोसेसर रहेको छ र ३ जि.बि. [&hellip;]</p>

काठमाडौं । जिओनी फोनको आधिकारिक बजार व्यवस्थापक तथा वितरक कम्पनी टेलिटक नेपाल प्रालिले जिओनी ‘ए वान लाइट’ फोनको मूल्य कम गरेको छ । कम्पनीले उक्त फोनको मूल्य घटाएर नेपाली बजारमा २० हजार ५७० रुपैयाँमा नै उपलब्ध गराएको छ ।

५.३० इन्च टचस्क्रिन रहेको यस मोबाइलमा १.३ गिगाहर्ज ओक्टा-कोर मिडियाटेक एम.टि. ६७५३भी प्रोसेसर रहेको छ र ३ जि.बि. र्याम रहेको छ । ३२ जीबीबाट २५६ जीबीसम्म इन्टरनल स्टोरेज बढाउन सकिन्छ ।

सेल्फी र ब्याट्रीमा सर्वोत्कृष्ट रहने प्रयासमा सदैव अग्रसर जिओनीको यो ए वान लाइट फोनमा पनि १३ मेगा पिक्सलको प्रमुख क्यामरा र २० मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ भने ४००० एम ए एच ब्याट्री रहेको छ ।

जिओनी ए वान लाइटको माग बजारमा व्यापक रहेको र युवा जनसमुदायबीच यसको ख्याति बढेका कारण उक्त फोनको मूल्य घटाएको कम्पनीले जनाएको छ । यही फागुन २ गतेदेखि लागू हुने गरी यस मोबाइलको मूल्य कम गरेको हो ।

Share News