आइएमई जनरल इन्स्योरेन्स अब सुर्खेतमा पनि, थप १२ शाखा खोल्ने तयारी

<p>काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप १ शाखा कार्यालय सुर्खेतमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा राईले देशको विभिन्न भागका जनताहरुलाई घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको जानकारी गराएका छन् [&hellip;]</p>

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप १ शाखा कार्यालय सुर्खेतमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा राईले देशको विभिन्न भागका जनताहरुलाई घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको जानकारी गराएका छन् । साथै, उनले स्थानिय उद्योगी व्यापारी लगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई आाइएमई जनरल इन्स्योरेन्ससंग आफनो व्यवसाय तथा सम्पत्तिको बीमा गराएर बीमा सेवा लिन आग्रह गरेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यका साथ कम्पनी अगाडी बढी रहेको हुनाले आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराई ढुक्कसंग व्यवसाय संचालन गर्न आग्रह गरेका छन् ।

आज उद्घाटन भएको शाखा सहित कम्पनीले २८ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४२ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, निकट भविष्यमा नै थप १२ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान कम्पनीले जनाएको छ ।

 

Share News