योजना आयोगका उपाध्यक्ष वाग्लेको राजीनामा स्वीकृत

<p>काठमाडौ । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई विगतमा गरेका कामप्रति धन्यवाद दिँदै उनको राजीनामा स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगका उपाध्यक्ष वाग्लेलाई उहाँले सो पदमा रही गरेका कामप्रति धन्यवाद दिँदै राजीनामा स्वीकृत गरेको जानकारी दिए। बैठकमा प्रधानमन्त्री ओलीसहित जनसङ्ख्या तथा वातावरण मन्त्री लालबाबु [&hellip;]</p>

काठमाडौ । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई विगतमा गरेका कामप्रति धन्यवाद दिँदै उनको राजीनामा स्वीकृत गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगका उपाध्यक्ष वाग्लेलाई उहाँले सो पदमा रही गरेका कामप्रति धन्यवाद दिँदै राजीनामा स्वीकृत गरेको जानकारी दिए।

बैठकमा प्रधानमन्त्री ओलीसहित जनसङ्ख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित र महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा थिए। रासस

Share News