अनलाइन सेयर कारोबार परीक्षण जेठमा, साउनदेखि पूर्ण कार्यान्वयन

<p>काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आउँदो जेठदेखि परीक्षणको रुपमा सेयर कारोबार अनलाईनमार्फत गर्न भएको छ । नेप्सेले जेठभित्र परीक्षणको रुपमा सेयरको कारोबार अनलाईनमार्फत सुरु गर्न लागेको हो । जेठभित्र परीक्षणको रुपमा अनलाईन काराबार सुरु गरेर साउनदेखि पुर्ण रुपमा लागु गर्ने तयारी भएको नेप्से स्रोतले बतायो । स्रोतकाअनुसार हाल सफटवयेर निर्माणका लागि वाइको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आउँदो जेठदेखि परीक्षणको रुपमा सेयर कारोबार अनलाईनमार्फत गर्न भएको छ । नेप्सेले जेठभित्र परीक्षणको रुपमा सेयरको कारोबार अनलाईनमार्फत सुरु गर्न लागेको हो । जेठभित्र परीक्षणको रुपमा अनलाईन काराबार सुरु गरेर साउनदेखि पुर्ण रुपमा लागु गर्ने तयारी भएको नेप्से स्रोतले बतायो ।

स्रोतकाअनुसार हाल सफटवयेर निर्माणका लागि वाइको आइटी कम्पनीले काम गरिरहेको छ । यस अघि नेप्सेले कात्तिक २१ देखि नै सेयर कारोबार अनलाइनबाट गर्ने भनेको थियो । तर सफ्टवेयर निर्माणको काम नसकिएको भन्दै उसले जेठको नयाँ भाका अघि सारेको हो ।

अनलाईनमार्फत सेयर कारोबार गर्नका लागि आवश्यक विभिन्न १६ वटा मोड्युलमध्ये वाइकोले १० वटा तयार पारिसकेको छ । बाँकी ६ वटा मोड्युलको तयार पारेर फागुन २८ मा उसले नयाँ प्रविधिको विकासमा भएको प्रगतिको बारेमा जानकारी दिने छ । फागुनभित्र वाइकोले अनलाइन कारोबारको सफ्टवेयरको काम सम्पन्न गर्ने नेप्से स्रोतले बतायो । जेठदेखि आँशिक र साउनदेखि पुर्ण रुपमा सेयर कारोबार अनलाइनमार्फत हुने स्रोतको भनाई छ ।

अनलाइनमार्फत हुने भएपछि लगानीकर्ता सेयर किन्न र बेच्नका लागि ब्रोकर कार्यालय धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । हाल सेमी अनलाइन ट्रेडिङ भइरहेकोमा यसलाई अझ विकसित गरी पुरै कारोबार अनलाइनमार्फत हुनेछ । अनलाइन कारोबार सुरु भएपछि लगानीकर्ताले सम्बन्धित ब्रोकर कम्पनीमा नगइ घर वा कार्यलयबाट आफनो कम्प्युटर, ल्यापटप र मोबाइलबाट सेयर खरिद बिक्रीको अर्डर गर्ने सक्ने छन् ।

अनलाइन कारोबार गर्नुअघि लगानीकर्ता र ब्रोकर कम्पनीबीच सम्झौता हुने छ । जसअनुसार बैंक खाता, हितग्राही (डीम्याट) खाता, दैनिक सेयर खरिद बिक्री कारोबार रकम र संख्या सेयर कारोबार गर्ने डिभाइसलगायतका विषयमा पहिला सम्झौता भएपछि मात्र सेयरको अनलाइन कारोबार गर्न पाइने छ ।

Share News