काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको खैरेनीमा विस्तार भएको छ । बैंकले आइतबार एक समारोहका बिच देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीद्धारा उक्त शाखाको उद्घाटन भएको थियो ।
खैरेनी शाखाको उद्घाटनसँगै हाल यस बैंकले १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बनाएको छ ।