मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढ्ने महासंघको अपेक्षा

<p>काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नयाँ सरकार गठन भएसँगै मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गरेको छ । मुलुकभर तीन लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगीहरुको छाता सङ्गठन महासंघले मुलुकको आर्थिक विकासका लागि क्रियाशील रहन घोषणापत्रमार्फत सबै राजनैतिक दलहरुले प्रतिवद्धता जाहेर गरेको भन्दै नयाँ सरकार र प्रमुख राजनैतिक दलहरू मुलुकको [&hellip;]</p>

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नयाँ सरकार गठन भएसँगै मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गरेको छ ।

मुलुकभर तीन लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगीहरुको छाता सङ्गठन महासंघले मुलुकको आर्थिक विकासका लागि क्रियाशील रहन घोषणापत्रमार्फत सबै राजनैतिक दलहरुले प्रतिवद्धता जाहेर गरेको भन्दै नयाँ सरकार र प्रमुख राजनैतिक दलहरू मुलुकको आर्थिक विकासका लागि समर्पित रहनुपर्ने स्मरण गराएको छ ।

नयाँ सरकारले अबको बाटो आर्थिक रुपान्तरणको हुनुपर्ने विषयलाई आत्मसातगरी आर्थिक समृद्धिको एजेण्डाहरुलाई प्राथमिकतामा राख्नुपर्ने महासंघको जोड छ । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा लामो समयको अन्तरालपछि मुलुकमा वामपन्थी स्थायी सरकार गठन भएको भन्दै महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुककोे आर्थिक समृद्धि, आत्मनिर्भरता तथा रोजगारी सिर्जना आजको आवश्यकता रहेको बताए ।

उनकाअनुसार रोजगारीको प्रमुख माध्यम लघु, घरेलु तथा साना उद्योग भएकाले स्थिर सरकारले त्यस्ता उद्योगहरुको विकास र उद्योगहरुबाट हुने उत्पादनको प्रवद्र्धनका लागि नीतिगत व्यवस्था गर्नुपर्दछ । ‘स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी कदम चाल्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।

नयाँ सरकारले मुलुकमा दुरदर्शीता, अग्रगामी सोच र सबल नेतृत्व प्रदान गर्ने अपेक्षा महासंघकाे छ । जसबाट लघु, घरेलु तथा साना उद्योग क्षेत्रको विकास र प्रवद्र्धनमा फड्को मार्ने विश्वास गरिएको छ । प्रदेश सरकार तथा स्थानीय सरकारले समुन्नतिका लागि स्थानीय कला, संस्कृतिको सम्वद्र्धन र संरक्षण गर्दै स्थानीयस्तरमा पाइने कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको विकासमा सहयाेग पुर्याउन पर्ने महासंघको जोड छ ।

Share News