फुटवेयर म्यानुफ्याक्चरर्सको प्राथमिकतामा फुटवेयर जोनको स्थापना

<p>काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको १६ औं वार्षिक साधारण सभा राजधानीमा सम्पन्न भएको छ । एसोसिएसनको साधारण सभाको बन्द सत्रमा आगामी कार्यक्रम तथा योजनाहरु सर्वसम्मतीले पास गरिएको जनाइएको छ । वार्षिक साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वस्तुगत परिषदका सभापती उमेशलाल श्रेष्ठले गरेका छन् । सभामा उद्योग मन्त्रालयका सहसचिव गोपी [&hellip;]</p>

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको १६ औं वार्षिक साधारण सभा राजधानीमा सम्पन्न भएको छ । एसोसिएसनको साधारण सभाको बन्द सत्रमा आगामी कार्यक्रम तथा योजनाहरु सर्वसम्मतीले पास गरिएको जनाइएको छ ।

वार्षिक साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वस्तुगत परिषदका सभापती उमेशलाल श्रेष्ठले गरेका छन् ।

सभामा उद्योग मन्त्रालयका सहसचिव गोपी खनालले फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनले औधोगिक क्षेत्र फुटवेयर जोनको रुपमा ल्याएको अवधारणा सराहनिय भएको बताए । त्यसको लागि उद्योग मन्त्रालयले सहयोग गर्ने उनको प्रतिबद्धता छ । ‘अन्तर्राष्ट्रिय बजारमा फुटवेयर जोनमा लर्नीङ, टुरिष्ट लगायतका सेन्टरहरुको विकास गर्न सकिन्छ,’ उनले भने ‘विज्ञहरुको सहयोगमा दिर्घकालीन योजनाको लागि मन्त्रालयले सहयोग गर्ने छ ।’

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले आफ्नो नगरपालिकामा फुटवेयर जोन स्थापना गर्ने कुराले आफु उत्साहित भएको बताए ।

नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले फुटवेयर जोनको अवधारण उपयुक्त रहेकोले अहिले सरकारको उपभोक्ता हित संरक्षण कोषको कालो बजारी ऐन अन्तरगत उद्योगी व्यावसायीलाई सन्त्रास फैलाउने काम गरेको र उद्योग व्यवसायी माथी हस्तक्षेप गरी अंकुश लगाएको भन्दै त्यसको निन्दा गरे ।

कार्यक्रममा संघका अध्यक्ष रविनकुमार श्रेष्ठले संघको वार्षिक कार्ययोजनामा फुटवेयर जोनको स्थापना र सो फुटवेयर जोनमा विभिन्न फ्यासिलिटि सेन्टरको समेत स्थापना गर्ने बताए । ‘सेन्टरको स्थापनाका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग सहुलियत व्याजदरमा ऋण लगानी गर्न आह्वान गरेका छौं,’ उनले भने ‘उद्योगीहरुलाई फुटवेयर जोनमा उद्योग स्थापनाका लागि पहल गर्ने योजना गरेका छौं ।

Share News