तारागाउँ रिजेन्सी होटलको नाफा २३ प्रतिशत बढ्यो, ६ महिनामा १५ करोड ५३ लाख

<p>काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नाफा २३ प्रतिशत बढेको छ । चालु आवको पुससम्म होटल्सले १५ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा बोनस र कर बाहेकको हो । गत आवको सोही अवधिमा होटलले १२ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिम तारागाउँको [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नाफा २३ प्रतिशत बढेको छ । चालु आवको पुससम्म होटल्सले १५ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा बोनस र कर बाहेकको हो । गत आवको सोही अवधिमा होटलले १२ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिम तारागाउँको वस्तु तथा सेवा बिक्री ५.५ प्रतिशत बढेर ६३ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ६० करोड ३१ लाख रुपैयाँ थियो । होटलको संचित कोषमा २९ करोड ५८ लाख रुपैयाँ छ । सेयर पुँजी १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ छ ।

Share News