तरलता १३ अर्बमा झरेपछि राष्ट्र बैंकले आज ५ अर्ब बजारमा पठाउदै

<p>काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज शुक्रबार बजारमा ५ अर्ब रुपैयाँ पठाउने भएको छ । बैंकमा अधिक तरलताको अवस्था कमजोर हुदै गएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंगको सरकारको ट्रेजरी बिल खरिद बोलकबोल गरी पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता घटेर १३ अर्बमा झरेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउन लागेको [&hellip;]</p>

काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज शुक्रबार बजारमा ५ अर्ब रुपैयाँ पठाउने भएको छ ।

बैंकमा अधिक तरलताको अवस्था कमजोर हुदै गएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंगको सरकारको ट्रेजरी बिल खरिद बोलकबोल गरी पैसा पठाउन लागेको हो ।

बैंकिङ प्रणालीमा तरलता घटेर १३ अर्बमा झरेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउन लागेको हो ।  अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा कम भएकाले रिपो जारी गर्न नपाउदा केन्द्रीय बैंकले सिधै बोलकबोलमार्फत ट्रेजरी बिल्स खरिद गर्न लागेको हो । यसअघि केन्द्रीय बैंकले विकास ऋणपत्र सिधै खरिद गरी बजारमा पैसा पठाउने गरेको छ ।

 

 

Share News