स्ट्याण्डर्ड चाटर्ड बैंकको सस्तो आवास कर्जा योजना, ८.८ प्रतिशत ब्याजमा पाइने

<p>काठमाडौं । तपाइ सस्तो आवास कर्जा खोजिरहनु भएको छ ? कर्जा महंगो भएर नयाँ आवास खरिद वा निर्माण गर्न पाउनु भएको छैन ? अब चिन्ता नगर्नुस स्ट्याण्डर्ड चाटडै बैंकले सस्तो ब्याजदरमा आवास कर्जा योजना ल्याएको छ । बैंकहरुको कर्जाको ब्याजदर महंगो भएको बेला स्ट्याण्डर्ड चाटर्डले ८.८ प्रतिशतमा आवास कर्जा योजना ल्याएको छ । मासिक किस्ताको [&hellip;]</p>

काठमाडौं । तपाइ सस्तो आवास कर्जा खोजिरहनु भएको छ ? कर्जा महंगो भएर नयाँ आवास खरिद वा निर्माण गर्न पाउनु भएको छैन ? अब चिन्ता नगर्नुस स्ट्याण्डर्ड चाटडै बैंकले सस्तो ब्याजदरमा आवास कर्जा योजना ल्याएको छ ।

बैंकहरुको कर्जाको ब्याजदर महंगो भएको बेला स्ट्याण्डर्ड चाटर्डले ८.८ प्रतिशतमा आवास कर्जा योजना ल्याएको छ । मासिक किस्ताको भार कम गराउन नयाँ आवास कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

आवास कर्जा लिदा सेवा शुल्क १.२५ प्रतिशत लाग्ने बैंकले जनाएको छ । पुर्ण आवास कर्जा लिनेलाई बैंकले निःशुल्क धितोको मूल्याँकन, निःशुल्क कर्जा सुचना शुुल्क, निःशुल्क क्रेडिट कार्ड र अनलाइन बैंकिङ सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

कर्जाको आधार दर बमोजिम मात्र परिवर्तंन हुने बैंकले जनाएको छ । गत पुृससम्म बैंकको आधार ब्याजदर ५.८ प्रतिशत छ । अधिकाँश बैंकको आधार दर १० प्रतिशत भन्दा बढी रहेको छ ।

Share News