काटमाडौं । नेपालका खर्बपति बिनोद चौधरीले अमेरिकी पत्रिका फोर्ब्सले निकालेकाे सूचिमा ६ स्थान सुधार गरेका छन् । २०१७ मा फोर्ब्सको सूचिमा १५६७ औं स्थानमा रहेका चौधरी ०१८ मा १५६१ औं स्थानमा आइपुगेका हुन् ।
तीन सन्तानका पिता चौधरी नेपालमा चौधरी ग्रुपको अध्यक्ष रहेका छन् । उनी फोर्ब्सको सूचिमा पर्ने एक्ला नेपाली उद्यमी हुन् । फोर्ब्सले निकलेको नयाँ सूचि अनुसार उनको कुल सम्पति १.५२ बिलियन अमेरिकी डलर रहेको छ ।
नेपालको प्रतिनिधि सभाको सदस्य समेत रहेका चौधरीले नेपाल, भारत, चीन र दुबैमा होटल सञ्चालन गरिरहेका छन् । चौधरी ग्रुपले उत्पादन गरेको खाद्य बस्तु, इलेक्ट्रोनिक समाग्री, होटल व्यावसाय मध्ये सबैभन्दा लोकप्रिय वाइवाइ चाउचाउ बनेको छ । वाइवाइ चाउचाउ नेपाल सहित भारत, बंगादेश, पाकिस्तान, सर्बिया लगायत देशमा लोकप्रिय बन्दै आएको छ ।
६२ वर्षिय चौधरीको गत वर्ष १.३ बिलियन अमेरिकी डलर रहेको थियो ।